मुलुकको समृद्धिका लागि छुट्टा-छुट्टै हिडेर सम्भब नहुने-उपसभामुख तामाङ
असोज ११, रसुवा – प्रदेश नम्बर तिनको उपसभामुख राधिका तामाङले तीनै तहका सरकार तथा जनप्रतिनिधीहरुलाई दोहो¥याएर संविधान अध्ययन गर्न सुझाएका छन् । “संविधानले दिएका अधिकार क्षेत्र भित्र रही समन्वय गरेर जानुको सट्टा एक्ला एक्लै दौडिन खोज्दा समस्या भएको उहाले भन्नु भयो, “नेपालको संघीयता विशिष्ट प्रकृतिको भएकाले तीनै तहले एक अर्काको अस्तित्व स्वीकार्दै सहकार्य गरेर जानु अपरिहार्य रहेको बताउनु भयो” ।
सुन्धारा युवा क्लव रसुवाले शुक्रबार आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उदघाटन गर्नु हुदै उपसभामुख तामाङले उक्त कुरा बताएका हुन । मुलुकको समृद्धिका लागि छुट्टा-छुट्टै हिंडेर संभव नहुने भन्दै विकासको सवालमा सत्तापक्ष र प्रतिपक्ष नबन्न सबै राजनीतिक दललाई पनि उनले आग्रह गरिन ।
युवा तथा खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सामाजिक विकास मन्त्रालयबाट राम्रो योजनाहरु ल्याएको भन्दै त्यसको प्रभावकारी कार्यन्वयनका लागि स्थानीय सरकार र युवाहरुको एकताबद्ध प्रयत्न हुनु पर्ने उपसभामुख तामाङले सुझाव दिए ।
उपसभामुख तामाङले रेफ्री नगेन्द्र चौधरीलाई बल हस्तान्तरण गरी खेल सुरु गरिएको थियो । जिल्ला भरीका क्लवहरुबाट २० टीम सहभागि रहेको उक्त खेल असोज १० गतेबाट सुरु भई १८ गते सम्पन्न हुनेछ ।

विजयी टीमका लागि प्रथम पुरस्कार रु. ५० लाख नगदसहित शिल्ड र प्रमाण पत्ररहेका सो प्रतियोगिताको दोश्रो र तेश्रो विजेताका लागि क्रमशः रु. ३० लाख र २० लाख नगद पुरस्कार रहेको आयोजक क्लवका अध्यक्ष हिमालयन कुइकेलले बताए ।
जिल्ला भित्र कहीं पनि राम्रो खेलमैदान नभएको पीडा राख्दै उनले उपसभामुख राधिका तामाङ समक्ष जिल्लामा राम्रो खेल मैदानका लागि बजेटको व्यवस्था गरिदिन आग्रह गरे । उनको आग्रह संगै उपसभामुख तामाङले कालिका गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद न्यौपाने संग सल्लाह गरी स्थानीय सरकारले जग्गाको व्यवस्था गर्ने र प्रदेश सरकारबाट खेल मैदान निर्माणको लागि बजेडको व्यवस्था गर्न आफुले पहल गर्ने बताए ।
कार्यक्रममा संविधान सभा सदस्य छोवाङ तेन्जीङ तामाङ, नेकपाका केन्द्रीय सदस्य माधव अर्याल, जिल्ला सचिव इन्द्र गौतम, अन्य राजनीतिक दलका प्रतिनिधीहरु, स्थानीय सरकारका प्रतिनिधीहरुको उपस्थिति रहेका थिए ।







