चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण
असोज ११, चितवन – भ्रष्टाचार बिरुद्धको विभिन्न अभियान चलाउदै चर्चामा आएका ज्ञानेन्द्र शाही माथि आक्रमण भएको छ । शनिवार चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका शाही आक्रमणमा पर्दा घाइते भएका हुन् ।
उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शाही सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो । शाहीको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
नेकपा निकट विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका थिए । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।






