हेटौँडा उपमहानगरकी कार्यपालिका सदस्य गोलेको निधन

तामसालिङ खबर
११ आश्विन २०७६, शनिबार १७:३६

असोज ११, हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य रुपा गोले (खुलाल) को निधन भएको छ । हेटौंडा उपमहानगर वडा नम्बर १३ बाट महिला सदस्यमा जितेकी गोले लामो समय देखि भरतपुरमा उपचाररत रहेकी थिइन् । स्तन क्यान्सर पीडित खुलालको दुवै स्तन शल्यक्रियाबाट काटिएको थियो ।

हरेक क्षेत्रमा जनताको मन जित्न सफल खुलालले क्यान्सर रोगलाई भने जित्न सक्नु भएन । समाजसेवामा तीन दशक देखि सक्रिय हेटौंडा उपमहानगरपालिका १४ कि जनप्रतिनिधि रुपा खुलाल ३ वर्षदेखि क्यान्सरसँग लडिरहनुभएको थियो । रुपा खुलालको भरतपुरको मोडन अस्पतालमा मृत्यु भएको हो ।

क्यान्सरलाई जित्न सक्छु भन्दै तीन वर्ष सम्म त उहाँ राजनीतिक र सामाजिक काममा सक्रिय हुने गरेको भएपनि केही महिना अगाढी देखि बिरामीका कारण बाहिरी कार्यक्रममा सहभागि हुन सकेको थिएन । गोले २०७२ सालबाट सम्बन्धविच्छेद गरेर २ छोरीको साथ बस्दै आउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*