धादिङमा बस दुर्घटना हुँदा ५ जना घाइते

तामसालिङ खबर
१२ आश्विन २०७६, आईतवार १८:५६

असोज १२, धादिङ – धादिङको नीलकण्ठ नगरपालिका १३ कैरौजा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बा ४ ख ५७९३ नम्बरको बस नेत्रावती डबजोङ गाउँपालिका सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बस दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको बसमा घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताइएको छ । बस सह-चालकले चलाएको थाहा पाएपछि आफु श्रीमती सहित बसबाट झरेको स्थानीय भीम तामाङले बताएका छन् ।

दुर्घटनामा परेर घाइते हुनेमा नेत्रावती डबजोङ गाउँपालिका वडा न ५ का ५८ वर्षीय दलबहादुर तामाङ, ६९ वर्षीय हस्त कुमारी तामाङ, २० वर्षीय लक्ष्मी गुरुङ, ४५ वर्षीय चेन्डे दमाइ, ६० वर्षीय सान्त माया गुरुङ रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल धादिङबाट थप उपचारको लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ । बसमा चालकसहित ७ जना मात्रै सवार रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*