छोरीलाई शिक्षामा आकर्षित गराउन प्रदेश २ सरकारद्वारा साइकल वितरण

राजु तामाङ
१२ आश्विन २०७६, आईतवार २२:१६

असोज १२, सर्लाही – प्रदेश नम्बर २ को सर्लाहीमा छोरीलाई शिक्षामा आकर्षित गर्ने उदेश्यले विद्यालयमा साइकल वितरण गरिएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान अन्तर्गत सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ८ मा रहेको नवजनजागरण माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययरत ५३ जना छात्रालाई साइकल वितरण गरिएको    हो ।

सर्लाहीको प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सबै सरोकारवालाको उपस्थितिमा प्रदेश सरकारले उपलब्ध गराएको साइकल वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर खड्काले जानकारी दिए ।

छात्रालाई साइकल प्रदान गर्दै प्रदेश सभा सदस्य उप्रेतीले प्रदेश २ मा सबै छोरीलाई शिक्षित बनाउन सञ्चालन गरिएको अभियानमा सहयोग गर्न सबैसँग आव्हान गरे ।

त्यस्तै, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले छात्रालाई साइकल वितरणले मात्रै नहुने बताउँदै नियमित सहयोग गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय यो कार्यक्रम सर्लाहीको विभिन्‍न विधालयका कक्षा–८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*