मंसिरमा दुइ नम्बर प्रदेश घेदुङको अधिबेशन हुने
असोज १२, सर्लाही – नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ को प्रथम अधिबेशन आगामी मंसिर २१ र २२ गते हुने भएको छ । शनिबार महोत्तरीको बर्दिबासमा बसेको घेदुङको प्रदेश बैठकले मिति तय गरेको हो ।
बैठकले प्रदेश अधिबेशन भन्दा अगावै कार्तिक मसान्त भित्र पालिका र जिल्ला भेला सक्ने निर्णय समेत गरेका छन । प्रदेश अधिबेशन सफल बनाउन विभिन्न उप-समितिहरु समेत गठन गरिएको छ ।
महोत्तरीको बर्दिवासमा हुने अधिबेशन तयारीको लागि डेनोक मोक्तानको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समिति, कमला वाईवाको संयोजकत्वमा मंच तथा मेष ब्यबस्थापन, बृजमान तामाङको संयोजकत्वमा सूचना तथा प्रचारप्रसार समिति, यमलाल गोलेको संयोजकत्वमा अतिथि सत्कार समिति र राम बहादुर ग्लानको संयोजकत्वमा कलाकार ब्यबस्थापन समिति गठन गरेका छ्न ।

अधिबेशनमा विभिन्न पालिका र ८ जिल्लाबाट १ सय ७५ जना प्रतिनिधि रहने नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ का अध्यक्ष डेनोक मोक्तानले जनाएको छ ।






