‘जोकर र देश’

प्रेम मोक्तान
१७ माघ २०७७, शनिबार १३:०२

जोकरले
आफ्नी श्रीमतीलाई चुट्किला सुनायो
र मुस्कान पायो ।

जोकरले
आफ्नी आमालाई चुट्किला सुनायो
र स्याबासी पायो ।

जोकरले
आफ्ना टोल, छिमेकीलाई चुट्किला सुनायो
र ताली पायो ।

घरपरिवार र टोलछिमेकीको तालीले
जोकरले सर्कसमा राम्रो जागिर खायो

बिस्तारै,
जोकरलाई सर्कस साँघुरो लाग्न थाल्यो
जोकरले देशलाई नै सर्कस बनायो ।।

प्रेम मोक्तान
सिन्धुली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*