नविल बैंकका १८ शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न पाइने

जेठ, काठमाडौं – नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच महानगरपालिकाभित्र रहेका बैंकका शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार काठमाडौं महानगरपालिका र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो । उक्त सम्झौतामा महानगरको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामा काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेको नविल बैंकका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न दिने भएको छ । सम्झौता पश्चात् नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकका शाखालाई सार्वजनिक शौचालयहरुलाई निःशुल्क प्रयोग...