बक्तृत्वकलामा चन्द्रोदयकी प्रेरणा तामाङ प्रथम
जेठ, हेटौडा – हेटौंडा उपमहागरपालिका वडा नंम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ५० औं विश्व वातावरण दिवसको अवसरमा शनिबार वन डढेलो नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा हेटौँडा–८ मा रहेको चन्द्रोदय माविकी प्रेरणा तामाङ प्रथम, मकवानपुरगढी–२ मा रहेको चण्डिमा माविकी प्रजिना विक दोस्रो, हेटौँडा–१७ मा रहेका राजदेवी माविकी प्रतिक्षा लम्साल तृतिय भएकी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, दोस्रोले ४ हजार, तेस्रोले...



















