लुम्बिनीका शिक्षामन्त्रीले लेखे कक्षा १२ को एक बिषयको परीक्षा

तामसालिङ खबर
२१ जेष्ठ २०७९, शनिबार ०८:१६

जेठ, बुटवल – लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले कक्षा १२ को परीक्षा लेखेका छन् ।

बहालवाला प्रदेशमन्त्री खानले कक्षा १२ को अंग्रेजी विषयको परिक्षा दिएर अन्य विषयको परीक्षामा भने सामेल नभएको बताइएको छ । तर उनले प्रदेश संसद सचिवालयमा स्नातक उत्रिर्ण गरेको उल्लेख गरेका थिए ।

मन्त्री खान मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा गतवर्षदेखि नै कक्षा ११ मा भर्ना भएका थिए । सोही अनुसार उनी १२ मा पनि भर्ना भए । हाल कक्षा १२ को परीक्षा चलिरहेको छ । उनले शिक्षा संकायमा भर्ना गरेर परीक्षा दिएका हुन् ।

मन्त्री खान नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४ (२) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र छ । तर मन्त्री खान पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भए । त्यसपछि भने उनी परीक्षामा सामेल छैनन् ।

परीक्षा केन्द्र परेको खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भएपनि त्यसपछि नआएको पुष्टि गरेका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेटका तयारीमा लाग्नुपरेकाले परीक्षामा आउन नपाएको हुनसक्ने अनुमान गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*