गणतन्त्रमा पनि न्यायमूर्तिकै धर्मकाँटा धर्मर

जेठ, काठमाडौँ – १५ जेठ, २०६५ मा गणतन्त्र स्थापनापछि मुलुकले १३ जना प्रधानन्यायाधीश पाइसकेको छ । उनीहरूले न्यायक्षेत्रको आमूल सुधारको लागि खासै पहल गर्न सकेनन् उल्टै गणतन्त्र स्थापनापछिका सर्वोच्चको धर्मकाँटा सम्हाल्न पुगेका १३ प्रधानन्यायाधीश कुनै न कुनै विवादमा फसिरहे । प्रधानन्यायाधीशले नै निष्पक्ष न्याय दिन र सुशासन कायम गर्न नसकेपछि स्वच्छ न्यायालयप्रति जनताको विश्वास घट्दै गयो । न्यायको तराजु समातेर बस्ने न्यायाधीश नै राजनीतिक दलको प्रभावमा पर्दा न्यायालयमा बेथितिको चाङ थुप्रन पुग्यो । १५ वर्षमा न्यायालयबाट न्याय प्राप्त गरेको भन्दा हराएको वा बाटो बिराएको महसुस बढी गर्नु परिरहेको छ...