भारतीय ग्यास बुलेटको ठक्करबाट हेटौंडामा बाबुछोरीको मृत्यु

तामसालिङ खबर
२९ जेष्ठ २०७९, आईतवार ०६:३०

जेठ, हेटौडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

शनिबार विरगंजबाट हेटौंडा तर्फ आउदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले विपरीत दिशाबाट आउदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा रहेका हेटौंडा–९ का बाब् छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाबु ५५ बर्षीय इश्वर तामाङ्ग र छोरी २६ बर्षिया अमिना तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बुलेट र चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*