संघिय सरकारबाट थाहा नगरलाई ४५ करोड

तामसालिङ खबर
२१ जेष्ठ २०७९, शनिबार ०६:५४

जेठ, हेटौडा (थाहा नगर) – थाहा नगरपालिकाले संघिय सरकरबाट आर्थिक बर्ष २०७९/०८० को लागि ४५ करोड ८८ लाख रुपैयाँको बजेट प्राप्त गरेको छ।

थाहा नगरले समानिकरण अनुदान तर्फ १४ करोड ३६ लाख रुपैयाँ ,सशर्त अनुदान तर्फ २९ करोड ७२ लाख रुपैयाँ र बिशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान ८० लाख रुपैयाँ रहेको छ।नगरले पाएको कुल बजेट मध्य ४१ करोड २४ लाख पुजिगत शिर्षकमा र ४ करोड ६४ लाख चालू शिर्षकमा रहेको छ।

यसबाहेक नगरपालिकाले आन्तरिक श्रोत ,सबारिसाधन कर ,बागमती प्रदेशबाट प्राप्त गर्ने समानिकरण ,बिशेष अनुदान,र समपुरक अनुदान समेत गरेर आफ्नो बजेट निर्धारण गर्ने छ।थाहाको चालू आर्थिक बर्षमा १ अर्व भन्दा बढिको बजेट रहेको छ । नगरले पाएको कुल बजेटको १०.११३ प्रतिशत रकम पुजिगत शिर्षकमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*