सत्ता गठबन्धनमा शक्ति बाँडफाँडमा किचलो

चैत्र, काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीको हैसियत अनुसार सिट बाँडफाँट गर्नुपर्ने सर्त अघि सारे सँगै गठबन्धनमा आबद्ध चार दलले विमति जनाएका हुन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको निर्वाचन अनुगमन तथा तयारी समितिको पहिलो बैठकमा पाँच दलले सिट बाँडफाँटको मापदण्डबारे फरक-फरक प्रस्ताव अघि सारेका छन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले आफूअनुकूल तालमेल प्रस्ताव अघि सारेका छन्। सत्ता...