प्रधानमन्त्री देउवाद्वारा नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको उद्घाटन
चैत्र, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको मंगलबार एक समारोहका बीच उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन काटेर तीन मालबाहक सवारीसाधनलाई प्रवेश गराई बन्दरगाहको उद्घाटन गर्नुभएको हो । उक्त समारोहमा प्रधानमन्त्री देउवाले नेपालकै पहिलो सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौँलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले निर्यात व्यापारलाई सहजीकरण गर्न यसको भूमिका विशेष रहने र भन्सार जाँचपास, क्वारेन्टिनलगायतका सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियालाई...



















