नेपाल बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता घिमिरे निर्वाचित

चैत्र, काठमाडौं – नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरु निकट कानून व्यवसायीको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ४४७४ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्द्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरे । त्यस्तै महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याएका छन् । अध्यक्षमा विजयी भएपछि घिमिरेले भ्रष्ट्राचारमुक्त...