मकवानपुरको बागमतीमा बुद्ध मूर्ति बन्ने
चैत्र, हेटौडा (बागमती) – पुर्बी मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ३ गढन तीनतलेमा निर्माण हुन लागेको बुद्ध मूर्तिको बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी (छिन्तु) ले बुधबार शिलान्यास गरिएको छ ।
बागमती प्रदेश पूर्वाधार विकास कोषबाट विनियोजित दश लाख रुपैयाँ बजेट रकमबाट निर्माण हुन लागेको मूर्तिको प्रदेश सांसद छिन्तुबाट शिलान्यास भएको हो ।
स्थानीय पर्यटन प्रबर्द्धन हुनेगरि स्थानीय कै माग अनुसार बजेट विनियोजन भएको र बुद्धमूर्ति हुन लागेको बुद्ध मूर्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष विशाल स्याङतानले बताए । मूर्ति निर्माणपछि स्थानीय पर्यटनमा टेवा पुग्ने स्थानीयको विश्वास रहेको छ ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), मकवानपुर जिल्ला संयोजक सर्केश घलान, बागमती प्रदेश परिषद् सदस्य कमान सिं पाख्रिन (पृथक), जिल्ला समन्वय समिति सदस्य दिलदोर्जे पाख्रिन, विशेष समन्वय कमिटिका सदस्य सुकराम लोप्चन, बागमती गाउँपालिका पार्टी कोषाध्यक्ष कार्साङ पाख्रिन, सदस्य भगवती माझी, हरिमाया बज्यू, गाउँपालिका कमिटि सल्लाहकार शुक्रमान राई, सुकराम पाख्रिन, वाईसीएल बागमतीका अध्यक्ष मुक्ति लामा, एकिकृत शिक्षक संगठनका अध्यक्ष एक्काबहादुर दोङ लगायतको उपस्थिति थियो ।






