अब देखि शनिबार र आईतबार विदा हुने, केही दिनपछि लागू गर्दै सरकार
चैत्र, काठमाण्डौँ – सरकारले अबदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले अबदेखि आईतबार पनि सार्वजनिक विदा दिने र त्यसको विकल्पमा अन्य विदा कटौती गर्ने तयारी थालेको छ ।
यसका लागि गृहकार्य गरेर केही दिन पछि नै लागू गर्ने तयारी सरकारले गरेको छ । सरकारले ईन्धन प्रयोगलाई २० प्रतिशत घटाउने र अन्य क्षेत्रलाई पनि ईन्धन प्रयोग कम गर्न आग्रह गर्ने पनि निर्णय भएको एक मन्त्रीले जानकरी दिए ।






