छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड

तामसालिङ खबर
२२ चैत्र २०७८, मंगलवार १७:०८

चैत्र, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिकाको जनता माविमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड गरेका छन् ।

फापरबारीमा रहेको विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले दुरव्यवहार गरेको आरोप लगाउँदै विरोध जनाएका हुन् ।

विद्यालयका शिक्षक रुद्र विक, हेम विक र लोक विकले गलत नियतले छुने गरेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी समेत गरेका हुन् ।

माविका कक्षा ४, ५, ६, ७ र ८ मा पढ्ने बालिका मथि यौन दुर्व्यवहार भएको विद्यालयमै उजुरी दिएपनि उजुरीको सुनुवाई नभएको भन्दै तनावग्रस्त बनेको हो ।आरोपित शिक्षकहरु विद्यालयमा आए पढ्न जान नसक्ने मनस्थितिमा रहेको भन्दै तत्काल ति शिक्षकहरुलाई निष्काशनको माग समेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय फापरबारी प्रमुख कमलकुमार लुङ्गेली सहितको प्रहरी टोली घटना स्थल पुगेका थिए । उनले दिएको जानकारी अनुसार हाल आरोपित शिक्षकहरु बिदामा छन्। प्रहरीमा कुनै जाहेरी आएको छैन, यदि आएको खण्डमा सबैलाई जानकारी हुने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*