फोनिज मकवानपुरको सपथ ग्रहण तथा पद हस्तान्तरण
मंसिर, हेटौडा – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको छ । फोनिजको पाँचौ अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवं फोनिजको अनुशासन विभागका संघीय संयोजक कुमार नेगीले मंगलबार हेटौंडामा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा फोनिज मकवानपुरका निर्वतमान अध्यक्ष कृष्ण सारु मगरले नवनिर्वाचित अध्यक्ष अशोक सुजन श्रेष्ठलाई कार्यभार सुम्पदै पद हस्तान्तरण गरेका थिए । साथै, कार्यक्रममै फोनिज मकवानपुरको नयाँ १३ सदस्यीय कार्यसमिति, प्रदेश प्रतिनिधि र संघीय प्रतिनिधिहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । यसैगरी, फोनिज...



















