लुम्बिनीको राजधानीमा धमाधम पूर्वाधार निर्माण
मंसिर, दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा प्रदेश पूर्वाधार निर्माणका कामले तीव्रता पाएको छ । सबैले चासो र जिज्ञासा लिएको प्रदेशसभा भवन निर्माणको कामले अहिले तीव्रता पाएको हो। पछिल्लो पटक मंसिर मसान्तसम्ममा निर्माणको काम सक्ने गरी सम्झौता भएको प्रदेश सभा भवन निर्माण कम्पनीले कामलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ । ५ करोड २१ लाख लागतमा निर्माण हुन लागेको प्रदेश सभा भवन निर्माणको काम ड्रागन बस्नेत जेभिले लिएको र अहिले रातदिन काम भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर अनन्तराज घिमिरेले बताए । ‘हामीले तोकेकै...



















