महालक्ष्मी विकास बैंकद्धारा टोलविकासलाई डस्विन सहयोग
मंसिर, हेटौडा – हेटौंडामा रहेको महालक्ष्मी विकास बैंक कमाने शाखाले शनिबार डस्विन सहयोग गरेको छ । स्थानिय विष्णु कप्रौलाको पहलमा हेटौँडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठुलो डस्विन सहयोग गरेको हो । हेटौंडा ११ का कार्यवाहक वडा अध्यक्ष रामचन्द्र न्यौपानेले सहयोग स्वरुप प्राप्त भएको डस्विन टोल विकास संस्थाको अध्यक्ष तारा कप्रौलालाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ-आफ्नो टोललाई सफा, शान्त र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने...

















