यहि मंसिर २७ गतेबाट सातौँ हेटौडा भेट्रान्स कप हुने

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार १८:१४

मंसिर, हेटौँडा – मकवानपुरको हेटौंडा भेन्ट्रान्स क्लबको आयोजनामा ८ ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गतेबाट सुरु हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी भेट्रान्स कपको सातौँ संस्करण मंसिर २७ गतेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्ले स्थित क्याम्पा रंगशालामा हुने भएको छ ।

प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने भएको प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिनुभयो । प्रतियोगिता लागि करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब अफ मकवानपुर लगायत अन्य संघसस्थाहरुले सहयोग गरेका छन् । प्रतियोगिताका लागि तीव्र तयारी भइरहेको संयोजक गौतमले जानकारी दिनुभयो ।

खेल अवधिभर स्वास्थ्य मापदण्डको पालना गर्न खेलाडी, दर्शकहरुलाई निशुल्क मास्क र स्यानिटाइजरको पनि व्यवस्था गरिने संयोजक गौतमले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै द्वितीय हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । यस्तै उत्कृष्ट विधा अन्तर्गत कोच, फरवार्ड, गोलकिपर, डिफेन्स र मिडफिल्डरले समान ५-५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हेटौंडा भेट्राक्स क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा छैठौँ भेट्रान्स कपका संयोजक कविन संगामी, सदस्यहरु सञ्जय थापा, कृष्ण महर्जन, सुदीप शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*