सामुदायिक सेवा केन्द्रको अध्यक्षमा विष्ट सर्बसम्मत निर्वाचित

मंसिर, हेटौंडा – सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा तेस्रो पटक राम विष्ट सर्बसम्मच निर्वाचित भएका छन् । सबै राजनीतिक दलहरुको सहमतिमा उनी शनिबार हेटौंडामा भएको सातौं अधिवेशनबाट सर्बसम्मत अध्यक्ष चयन भएका हुन् । अधिवेशनबाट पुनः उपाध्यक्षमा बिनोद लामिछाने र सचिवमा रमिला सापकोटा निर्वाचत भएका छन् । अधिवेशनले पदाधिकारी सहित २२ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । अध्यक्ष निर्वाचित भएपछि विष्टले प्रहरी र समुदायसँग मिलेर समाजमा भएका बिकृति, दुब्र्यसनी बिरुद्ध प्रभावकारी अभियान सञ्चालन गरिने बताए । ‘समाजमा शान्ति सुरक्षा कायम गराउन र असल समाज निर्माणको लागि हामी प्रहरी...