मकवानपुरगढी १ मा माओवादी केन्द्रको वडा भेला तथा प्रशिक्षण, अध्यक्षमा थिङ्गको नेतृत्व

मंसिर, हेटौडा (गढी) – नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउपालिका वार्ड नम्बर १ डाँडागाउँमा वडा पार्टी भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य भिम पाख्रिनको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र मकवानपुर नेता प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन(पृथक)को विशेष आतिथ्यतामा भएको भएको थियो । भेलाले बिजय थिङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । कमिटिको सचिवमा मान लाल भोलन, सह- सचिवमा विशाल थिङ, कोषाध्यक्षमा विमला लामा, लगायत सदस्यहरुमा चन्द्र बहादुर लुङबा, सुजन बोम्जन, ठकर कुमारी बजगाई...