तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्षमा पाख्रिन, १९ सदस्यीय कार्यसमिति चयन
मंसिर, काठमाडौं – तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको अध्यक्षमा अर्जुन पाख्रिन चयन भएको छ । बिहिबार काठमाण्डौमा सम्पन्न संघको प्रथम प्रादेशिक भेलाले पाख्रिनको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ र शान्ति थिङ तामाङ‚ सचिवमा जगतमान तामाङ र सह-सचिबमा जुनु ग्लानलाई चयन गरेका हुन् । भने कोषाध्यक्षमा मनोनितबाट चयन गर्ने भएका छन् ।
त्यस्तै, सदस्यहरूमा मानकाजी पाख्रिन‚ मायालु लामा‚ पेमा लामा‚ निशा मोक्तान‚ अमर लामा‚ दीपेन्द्र थिङ‚ विजय मोक्तान‚ सन्दीप तामाङ‚ करण तामाङ‚ बुद्धराम तामाङ‚ सरु लामा र सरिना तामाङ चयन गरेका हुन् ।

सभाको सम्बोधन गर्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले बागमती प्रदेशमा तामाङ पत्रकारको सञ्जाल नै बढी भएकोले संस्था बलियो हुने बताइन् । तामाङ समुदायको भाषा, संस्कृति र पहिचानको लागि संघले विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
‘अहिले हाम्रो समुदायमा खोजमूलक पत्रकारिता गर्ने पत्रकारको आवश्यकता छ’‚ उनले भनिन्‚ ‘समग्र नेपालको विकास तथा समुदायका निम्ति सबै तामाङ पत्रकार अघि बढ्नु पर्नेछ ।’
कार्यक्रमका अधिवेशन आयोजक समितिका संयोजक डोल्मा मनाङ्थेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।







