जेसीआईको क्तृत्वकला प्रतियोगितामा रिमा प्रथम

तामसालिङ खबर
५ मंसिर २०७८, आईतवार ०७:५०

मंसिर, हेटौडा – जेसीआई हेटौंडाले आयोजना गरेको राष्ट्रिय वक्तृत्व कला प्रतियोगितामा रिमा काफ्ले उत्कृष्ट वक्ता घोषित भएकी छन् । शनिबार हेटौंडामा भएको फाइनलमा उत्कृष्ट वक्ता घोषित हुँदै रिमाले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

‘समृद्ध नेपालका लागि सचेत युवा वर्गको हस्तक्षेप’ विषयक वक्तृत्वकला प्रतियोगितामा स्वर्णिमा सुवेदी र रेश्मा श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो हुँदै नगद १५ र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

वक्तृत्व कलामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीलाई बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पुरस्कृत प्रदान गरेकी थिइन् । वक्तृत्व कला प्रतियोगितामा जेसिआई हेटौंडाका पूर्व अध्यक्ष दीपकराज मिश्र, वरिष्ठ साहित्यकार निमेष निखिल, साहित्यकार निरा शर्मा र समालोचक घनश्याम घिमिरे सम्मिलित ४ सदस्यीय निर्णायक मण्डल रहेको थियो ।

जेसिआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, जेसिआई हेटौडाका पुर्व अध्यक्ष गणेश कुमार श्रेष्ठ, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्याय, हेटौंडा क्याम्पसका प्रमुख डा. देवचन्द्र मानन्धर, जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठ, प्रस्तावित वकैया जेसिआईका अध्यक्ष रमेश फुयाल, गत बर्षकी विजेता प्रिन्सि काफ्लेको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*