माओवादी केन्द्र मनहरी २ को वडा कमिटीको अध्यक्षमा स्याङ्बो, अनेम संघ (क्रान्तिकारी) मा डिम्डुङ चयन
असोज, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्बर २ मा वडा कमिटि भेला सम्पन्न भएको छ । मंगलबार भएको भेलाले राजकुमार स्याङ्बोको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा राजेन्द्र पाख्रिन, सचिवमा समिर डिम्डुङ, कोषाध्यक्षमा विष्णुकुमारी जिम्बा र सह-सचिबमा सुनिता स्याङ्तान लगायतका चयन भएका छन् । त्यस्तै, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा कमिटिमा अध्यक्षमा मनमाया डिम्डुङलाई चयन गरेको छ । डिम्डुङको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको मनहरी गाउँपालिका इन्चार्ज पाख्रिनले जानकारी दिए । नेकपा माआवादी केन्द्र मकवानपुरका...



















