खोलाले बगाउँदा राक्सिराङकी बालिकाको मृत्यु

तामसालिङ खबर
१३ आश्विन २०७८, बुधबार ०९:०८

असोज, हेटौडा (राक्सीराङ) – पश्चिम मकवानपुरको राक्सिराङ पाङथली खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ८ की मनिता माया थिङ रहेको मकवानपुर प्रहरीले जनाएको छ । खोलाले बगाउँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार, राक्सिराङ–७ स्थित देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्यनरत उनलाई मंगलबार दिउँसो खाना खान घर जाने क्रममा खोलाले बगाएको थियो ।

सोही खोलाले उनीसँगै अन्य दुई जनालाई पनि बगाएको थियो । उनीहरु भने पौडी खेलेर तैरिएको र मृतक बालिकाको शव घटनास्थल भन्दा केही तल भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*