नेपाली कांग्रेस थाहा नगरकमिटिको सभापतिमा जोशी निर्वाचित
असोज, हेटौडा (थाहानगर) – नेपाली कांग्रेस थाहा नगरकमिटिको सभापति पदमा प्रमोद जोशी निर्वाचित भएका छन् । शनिबार भएको थाहा नगर कमिटिको निर्वाचनमा जोशीले १ सय ९ मत ल्याई निर्वाचित भएका हुन् । उहाँको निकटतम प्रतिद्वन्द्वी भरत गोपालीले ८१ मत प्राप्त गर्नुभएको थियो। नगरकमिटिको २ उपाध्यक्ष पदमा नवराज कार्की र उद्धब लामिछाने निर्वाचित भएका छन् । कार्कीले १ सय १४ र लामिछानेले १ सय २ मत प्राप्त गरे । उपाध्यक्ष कै अर्का उम्मेदवार सोम प्रसाद गर्तौलाले ८९ मत प्राप्त गरेका छन् । त्यस्तै, २ सचिब पदमा भिमसेन मोक्तान र कर्ण...



















