जनचासोको विषय सम्बन्धि २ दिने पत्रकारिता तालिम
असोज, चितवन – जनचासोको विषय सम्बन्धि २ दिने पत्रकारिता तालिम चितवनको नारायणगढमा शुरू भएको छ । नेपाल पत्रकार महासंघले पत्रकार महासंघ चितवन शाखासँगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीको प्रमुख आतिथ्य तथा पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।
मकवानपुर, चितवन, पर्सा, गोर्खा र नवलपुरका विभिन्न मिडियामा कार्यरत करिव २ दर्जनबढी पत्रकार सहभागी कार्यक्रममा पत्रकार सन्तोष पौडेलले सहजिकरण गरिरहेका छन् ।
कार्यक्रममा पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्याल, कार्यक्रम प्रमुख हिरण्य जोशी, पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, चितवनका सल्लाहकार हरीप्रसाद पोखरेल, उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, कोषाध्यक्ष राजेन्द्र आचार्य, समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना लगायतको आतिथ्य रहेको थियो ।






