प्रकाशको किरणबाट उच्च गतिको इन्टरनेट

असोज, काठमाडाैं – विश्वकै सबैभन्दा गहिराे कोङ्गो नदि वरपरका क्षेत्रमा प्रकाशको किरणबाट उच्च गतिकाे इन्टरनेट दिने कार्य सुरू भएकाे छ । याे सेवा सुरू भएसँगै काेङ्गाे नदीले छुट्याएका ब्रजिभिला र किंशासा सहरका जनताले सस्तो मूल्यमा फास्ट इन्टरनेट चलाउन पाउने भएका छन् । गुगलकाे अभिभावक कम्पनी अल्फाबेटकाे ‘तारा’ प्रोजेक्टमार्फत लेजर इन्टरनेट सिस्टमबाट ७०० टेराबाइट डेटा ट्रान्सफर भएकाे जनाइएकाे छ । याे सेवाको पहुँच सबै मौसम र स्थानमा उपलब्ध हुने अपेक्षा गरिएको छ । अफ्रिकाका यी दुई सहरमा भएको दूरीलाई मेटाउने उद्देश्यले यो अभ्यास गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार...