बोलाएको समयमा वडाध्यक्ष नआएपछि जलाइयो वडा कार्यालय

असोज, सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ को वडा कार्यालयमा आगलागी भएको छ। आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ ।
आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ। कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगाराम सुनारले जानकारी दिए ।
वडाध्यक्ष सुनारले भने, ‘वीरेन्द्रनगर वडा नं। १ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई फोन गरेका थिए । १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न धम्की दिएका थिए ।
समयमा आफु एउटा कार्यक्रममा भएकोले केही समय लाग्ने हतार भए कागज लिएर आउनु भनेर फाेन राखे केही समयमा त कार्यलयमा आगलागी भयाे भन्ने खबर आयाे, उनले भने ।