पुस्तकालय दिवसको अवसरमा मकवानपुरमा ५ पुस्तकालय उद्घाटन

भदौं, हेटौडा – पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा एकैदिन मकवानपुर जिल्लामा ५ वटा पुस्तकालय उद्घाटन गरिएको छ । १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लाका ५ स्थानमा एकसाथ पुस्तकालय उद्घाटन गरेको हो । यसअघि अभियानले मकवानपुरमा ६ वटा र छिमेकी जिल्ला बारामा एउटा गरी ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ । मंगलबार बिहान हेटौंडा–१, चौकीटोलमा नवज्योति पुस्तकालय स्थापना भएको छ । २०४७ सालमा स्थापना भएको नवज्योति पुस्तकालय २०५७ सालदेखि बन्द अवस्थामा थियो । पुस्तकालय अभियान समूहको सहयोगमा मंगलबार पुस्तकालय सुचारु गर्ने गरी उद्घाटन गरिएको छ...