नेपालको एकीकृत समाजवादी दल सरकारमा सहभागी हुने

भदौं, काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आफ्नो पार्टी सरकारमा जाने बताउनुभएको छ । नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले आफूहरू हिजो पनि गठबन्धनमा सहभागी रहेका कारण सत्तारूढ गठबन्धनलाई बलियो बनाउन सरकारमा जाने बताउनुभएको हो । विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको बताउँदै उहाँले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको दाबी गर्नुभयो । ओलीबाट पीडित भएकाहरु नयाँ पार्टीमा आउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो । नेपालले एमाले अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि...