अझै पूर्णता पाएन, देउबा सरकारको मन्त्रिपरिषद्ले
भदौं, काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले सोही दिन आफ्नो पार्टीबाट दुई र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीलाई शपथ दिलाएर पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गरेपछि पुनः एक जना स्वास्थ्यमन्त्रीलाई नियुक्त गरेका छन् । त्यसयता, उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैनन् । आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै मन्त्रालयहरूले नेतृत्व नपाउँदा नियमितबाहेकका अन्य कार्य रोकिएका छन् । मन्त्रालयहरूका...



















