दामनमा आजबाट पत्रकार महासंघ केन्द्रीय समितिको बैठक सुरु हुँदै

तामसालिङ खबर
८ भाद्र २०७८, मंगलवार १०:१०

भदौं, हेटौडा (थाहानगर) – नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक मकवानपुरको दामनमा आजबाट सुरु हुँदैछ ।

पत्रकार महासंघ मकवानपुर शाखाको आतिथ्यतामा हुने केन्द्रीय समितिको बैठक ८,९ र १० गते तिन दिन सम्म चल्नेछ । महासंघको निर्वाचनपछि पहिलो पटक भौतिक उपस्थितिमा संचालन हुने बैठकले पत्रकार महासंघको आगामी ३ बर्षको कार्यायोजना निर्माण गर्नेछ ।

बैठकमा महासंघ केन्द्रीय समितिका ५२ जना पदाधिकारी र ३ जना सल्लाहकार गरी ५५ जना र मकवानपुरका केही पत्रकारसहित करिब ६० जना सहभागि हुने जनाइएको छ । बैठकमा पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले जिल्ला शाखाको तर्फबाट छोटो प्रस्तुतीकरण गर्नुहुनेछ ।

यस्तै, भदौ १० गते महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल हेटौंडा आएर बैठकका निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*