अपहरणमा परेका हेटौंडाका दुई युवकलाई उद्दार
भदौ, हेटौडा – अपहरणमा परेका हेटौडाका २ जना युवकको सकुसल उद्दार गरी आज परिवारको जिम्मा लगाएको छ । मकवानपुर प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्वर-९ स्वागतटोल बस्ने बर्ष २३ को गोविन्द्र श्रेष्ठ र सोही स्थानमा बस्ने बर्ष २२ को पवन रानामगरलाई सकुसल उद्दार गरी परिवारको जिम्मा लगाएको हो । उनीहरु भदौ ३ गते राति ९ः ३० बजे हेटौंडा बसपार्क क्षेत्रबाट अपहरणमा परेका थिए । श्रेष्ठ र राना मगरलाई ३ जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर भारतको मोतिहारी सम्म पुर्याएका थिए । त्यसपछि उनीहरुलाई त्यहाँ बन्धक बनाइएको थियो । अपहरणकारीले...



















