गढीमा विभिन्न पार्टी परित्याग गरी १ सय ९७ जना कांग्रेसमा प्रवेश

तामसालिङ खबर
६ भाद्र २०७८, आईतवार ०८:४१

भदौं, हेटौडा – विभिन्न पार्टी परित्याग गरी मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ र ४ स्थित विभिन्न टोलका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ र ४ को संयुक्त आयोजनामा मक्रान्चुलीमा शनिबार पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले, माओवादी र राप्रपाका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस गढी गाउँपालिका ३ र ४ का सभापति क्रमशः विजय लामा र कृष्णबहादुर खड्काको संयुक्त सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीको सदस्यता दिई खाँदा लगाएर स्वागत गरिएको थियो ।

प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले गणतन्त्र र संविधानको रक्षार्थ सरकारमा पुगेको कांग्रेसको मूख्य उद्देश्य भनेको अहिले कोरोना महामारीबाट हरेक जनतालाई बचाउन खोपको व्यवस्था गर्न लागिपरेको भन्दै नेता बानियाँले मंसिरसम्ममा नेपालका सम्पूर्ण जनताले खोप लगाईसक्ने बताए ।

पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु राजिव सुवेदी, अर्जुन दाहाल, सुर्यबहादुर रुम्बा, दोर्जे लामा स्याङतान, संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, गढी गाउँपालिका सभापति राजविर मुक्तान लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*