गाउपालिकाको जनप्रतिनिधिबाटै म जोखिममा छु – उपाध्यक्ष मनिला बिष्ट

तथ्यहिन समाचार प्रति उपाध्यक्ष विष्टको आपत्ति
तामसालिङ खबर
६ भाद्र २०७८, आईतवार १६:०६

भदौ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुर मनहरी गाँउपालिकाकी उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाका जनप्रतिनिधि र कार्यपालिकाका सदस्यबाट आफु असुरक्षित रहेको भन्दै ज्यानको सुरक्षा गरिदिन माग गरेकी छिन् ।

शनिवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष विष्टले आफुमाथि कार्यपालिकाका केही सदस्य र जनप्रतिनिधिले आगामी दिनमा जुनसुकै घटना घट्नसक्ने संकेत गरिसकेको भन्दै ज्यानको सुरक्षा गरिदिन माग र हेटौडबाट सञ्चालित एक अनलाईनले बिना सोधपुछ स्रोत नै नखुलाई चरित्र हत्या हुने गरि समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

गाउपालिका उपाध्यक्ष विष्टले सेफ हाउसमा बस्ने ब्यक्ति आफ्ना पाहुना नभई मनहरी-३ मा आफ्नो ४ वर्षे बालकको अबस्था खतरा पुर्ण रहेको र बिगत लामो समय देखि सम्पर्कमा नरहे पछि बालकको उद्धारका लागि छिमेकी राष्ट्र भारतको दार्जिलिङबाट पिडित बालकको आमा, हजुरआमा, आफन्त र ड्रईभर सहित ४ जना मनहरी आएको बताउनु भयो ।

पिडित बालकको उद्धार गर्न जिल्ला प्रहरी कार्यलय मकवानपु्रमा सहयोग माग्न जाँदा समय लाग्ने प्रतिक्रिया पाएपछि पिडितहरु माईती नेपालको सम्पर्कमा पुगेका थिए । माईती नेपालकी संयोजक माया लामाको समन्वयमा उनिहरु गाँउँपालिकाकी उपाध्यक्ष विष्टको सम्पर्कमा पुगेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष बिष्टले पिडित बालकका आमा भारतिय भई मनहरी-३ का एक पुरुष संग विबाह पछि उनि मनहरी बासी नै भएको र आर्थिक अभावका कारण बाहिर बस्न नसक्ने भएपछि उनिहरुलाई गाँउपालिकाले निर्माण गरेको सुरक्षित आवास गृहमा राखिएको बताउनु भयो ।

उपाध्यक्ष विष्टका अनुसार आफुले सेफ हाउस कार्यबिधिमा टेकेर पिडित पक्षलाई राखिएको बताउनु भयो । त्यसै गरि प्रमुख जिल्ला अधिकारी र इलाका प्रहरी कार्यालय नेवरपानीसंग पनि समन्वय भएको बताउनु भयो ।

आफुलाई लामो समय देखि केहि जनप्रतिनिधि तथा कर्मचारीहरुले असहयोग गर्दै आईरहेको बताउनु हुदै अरु निहु नपाएर पिडितलाई सहयोग गर्दा राजनतिकरण गरि आफु निकट मिडियालाई प्रयोग गरि तथ्यहिन समाचार प्रकाशन गर्न उत्प्रेरणा गरेको समेत आरोप लगाउनु भयो ।

आफुमाथि कार्यपालिका बैठकमा नै केही कार्यपालिका सदस्य र जनप्रतिनिधिले अश्लिल शब्दमा धम्क्याउने, ठेगान लगाइदिन्छु भन्ने जस्ता अमानवीय व्यवहार गरेको गुनासो गरिन् । उनले आफुमाथि विगत २ वर्षदेखि श्रृंखलाबद्ध रुपमा गाउँपालिकाका केही जनप्रतिनिधि र २ जना कर्मचारी प्रयोग गरी आफुमाथि अमानवीय व्यवहार हुदै आएको बताइन् ।

‘म माथि चरणबद्ध रुपमा कार्यापालिकाको बैठक, खाजा खाने होटल, सार्वजनिक ठाँउहरुमा अमानवीय शब्दहरु प्रयोग गर्ने, गाली बेइज्जती गर्ने देखि लिएर गाउपालिकामा कार्यरत आन्तरिक लेखा परिक्षक कर्मचारीलाई होटलमा बोलाई जातीय विभेद शब्द प्रयोग गरी वोत्तल उठाएर प्रहार गर्ने र गाउँपालिकाकै बार्षिक समिक्षा कार्यक्रममा समेत वडा नं ५ का महिला सदस्य पम्फा रोक्काले सबै जनप्रतिनिधि कर्मचारीकै बीचमा तँ बानी सुधार, नत्र दुर्घटना हुन सक्छ’ भन्ने चेतावनी दिएर त्यहि आक्रमण गर्न खोजेको उपाध्यक्ष बिष्टले बताइन । ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*