राप्ती खोलामा ट्रक खस्यो, एकजनाको मृत्यु, २ घाइते

भदौं, हेटौंडा – मकवानपुरको राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ सानुटारमा फलाम बोकेर काठमाण्डौ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नाम थर ठेगाना खुल्न नसकेको एकजना व्यक्ति रहेको मकवानपुर प्रहरीले जनाएको छ । मृतकको घटनास्थलमै ज्यान गएको जनाइएको छ ।
त्यसैगरी दुर्घटनामा अन्य २ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा ट्रक चालक जि.मोरङ् सुन्दरहरैचा गा.पा ८ बस्ने बर्ष ३१ को राजन बास्कोटा र सह चालक सोही ठाउ बस्ने २४ बर्षीय सरोज आचार्य रहेको र उनीहरूको हेटौंडा-११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले बताए ।