हेटौंडा बजार पुरै खोल्न पाइने, निषेधाज्ञा कायमै

तामसालिङ खबर
११ भाद्र २०७८, शुक्रबार ०६:२७

भदौं, हेटौंडा – हेटौडा बजार सहित मकवानपुरका दश वटै स्थानीय तहका सबैजसो पसलहरु बिहान देखि बेलुका सम्मनै खोल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बिहिबार बसेको बैठकले सबै खालका पसलहरु बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि खाद्यान्न १० बजेसम्म र गैर-खाद्यान्न व्यवसाय ५ बजेसम्म संचालनमा थिए । यातायात पनि पूर्ण रूपमा संचालनमा आइरहेको थियो । यसअघि देखनै जारी निषेधाज्ञालाई भदौ २० गतेसम्म लम्ब्याउँदै जिल्ला सफ्ट लकडाउन गरेको सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*