आज देखि जिल्ला प्रशासन कार्यालय मकवानपुरको नियमित सेवा

तामसालिङ खबर
१५ भाद्र २०७८, मंगलवार ०७:०७

भदौं, हेटौडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज देखि नियमित सेवा दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै आजबाट नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाएर नियमित सेवा प्रवाह हुने जनाएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्तिच दिनमा मात्रै प्रदान गर्दै आएको थियो ।

सेवाग्रहीको बढ्दो चाप र कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा प्रवाहमा लगाईएको आलोपालो व्यवस्था हटाइएकोे छ ।प्रशासन कार्यालयले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर सेवा लिन सर्वसाधरणलाई अपिल समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*