मानुषी लघुवित्तको आइपिओ खुल्याे
साउन, काठमाडौं – मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आज देखि खुलेको छ । सो कम्पनीको आइपिओमा साउन ३१ गते आइतबार सम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ कम्पनीले जारी गरेको छ । जस मध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी...


















