कुलमान घिसिङको पुन:नियुक्ति पछि दीप प्रज्वलन

तामसालिङ खबर
२७ श्रावण २०७८, बुधबार ०८:३६

साउन, काठमाडौ – कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशका दोस्रो पटक नियुक्त गरेको भन्दै माइतीघर मण्डलमा मंगलबार राति दीप प्रज्वलन गरिएको छ।

हाम्रो टिम नेपालकी सदस्य एवम् अभियन्ता सपना रोका मगरसहितले माइतीघर मण्डलमा दीप बालेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई फेरि प्राधिकरणमा नियुक्त गरेको बताइएको छ । तर सरकारी अधिकारीहरुले यसबारेमा आधिकारिक केही बोलेका छैनन् ।

वर्तमान कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यलाई अर्को ठाउँमा जिम्मेवारी दिएर कुलमानलाई प्राधिकरणमा लगिएको बताइएको छ । आफ्नो पहिलो कार्यकालमा कुलमानले देशबाट लोडसेडिङ हटाएर प्राधिकरणलाई हरेक वर्ष ८ अर्ब बढी नाफा दिलाउन सफल भएका थिए।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई निरन्तरता दिन अस्वीकार गरेको थियो। तर शेरबहादुर देउवा नेतृत्वको सरकामा पम्फा भुसाल ऊर्जा मन्त्री भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इच्छा अनुसार कुलमान प्राधिकरणमा फर्किएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*