माओवादी केन्द्रको थाहानगरमा सबै वडा भेला सम्पन्न
साउन, थाहानगर – नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र थाहा नगरपालिका अन्तर्गत १२ ओटा वडाको वडा भेला सम्पन्न भएको छ । माओबादी केन्द्रको केन्द्रिय सचिवालय समितिको निर्णय अनुसार देशभरका वडा कमिटि गठन तथा पुनर्गठन गर्ने क्रममा थाहा नगरका १२ ओटै वडाको भेला सम्पन्न भएको हो । सम्बन्धित वडामा भएका भेलाले वडा नम्बर १ मा अध्यक्ष हिराकाजी गोपाली, सचिब सुदन गोपाली रहेको २९ सदस्यीय वडा कमिटि गठन गरेको छ । त्यस्तै, वडा नम्बर २ मा अध्यक्ष शंकर तामाङ, सचिब सानोबाबु सिन्तान रहेको २९ सदस्यीय, वडा नम्बर ३ मा अध्यक्ष हिरेन्द्र कुमार...



















