फोनिजद्वारा १० सञ्चारकर्मी र दुई पत्रिकालाई अवार्ड प्रदान
साउन, हेटौडा – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले १० जना सञ्चारकर्मी र मातृभाषाका दुई वटा पत्रिकालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) प्रदान गरेको छ ।
फोनिजको २२ औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले अवार्ड वितरण गरेको हो ।
अवार्ड प्राप्त गर्नेमा कुमार यात्रु, सन्त गाहामगर, भवानी बराल, रचना श्रेष्ठ, राजकुमार दिक्पाल, टेकराज थामी, आङदावा शेर्पा, तिलक पुन, इन्द्रजित मुखिया र मौसम रोक्का छन् ।
फोनिजले यो वर्षदेखि शुरु गरेको मातृभाषा पत्रकारिता पुरस्कार तान्छोक्पा मासिक (लिम्बु) र पहुरा दैनिक (थारु)ले पाएका छन् ।






