वीरगन्जबाट पेस्तोलसहित ३ जना पक्राउ

तामसालिङ खबर
२९ श्रावण २०७८, शुक्रबार ०८:५६

साउन, वीरगन्ज – अवैध हातहतियार बेचबिखन गर्न लागेको आरोपमा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बीरगंज महानगरपालका वडा नम्बर १२ का ३५ वर्षीय अनिल साह, पकाहमैनपुर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय विजय कुमार पटेल र धरान नगरपालिका वडा नम्बर १२ का ३२ वर्षीय रवि पौडेल रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रह्मचोक स्थित एक होटलमा ३ जना व्यक्तिहरु सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेका गोप्य सूचनाको आधारमा पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बस्ने अनिल साहको खानतलासी गर्दा उनको साथबाट पेस्तोल थान–१ फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*