हेटौंडाको मालपोत र नापी कार्यलय आइतबारबाट बन्द

तामसालिङ खबर
२९ श्रावण २०७८, शुक्रबार ०७:१२

साउन, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडामा कोरोना संक्रमण दर बढेपछि आईतबारबाट एक हप्ताको लागि हेटौडाको मालपोत कार्यालय, र नापी कार्यालय बन्द हुने भएको छ ।

मालपोत कार्यालय भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले आईतबारबाट एक हप्ताको उक्त कार्यलयहरु बन्द गर्न लागिएको जिल्ला प्रशाासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

मालपोत कार्यलयमा बढी भिडभाड भएको संक्रमणको जोखिम उच्च रहेकोले एक हप्ताको लागि कार्यलय बन्द हुने भएको हो । हामीले भिडभाड हुने सरकारी कार्यलयहरुको प्रमुखहरुलाई भिडभाड भएको खण्डमा प्रशासनलाई जानकारी दिएर कार्यलय बन्द गर्न सक्ने अधिकार दिएका छौ । प्रजिअ पाण्डेले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*