बकैयामा बाल साहित्य समिति गठन
बैशाख, हेटौंडा (बकैया) – मकवानपुरको बकैया गाउँपालिकामा बाल साहित्य समिति गठन भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको २६५ औँ साहित्य शृङ्खलाका अवसरमा शनिबार झरना–बकैया बाल साहित्य परिचालन समिति गठन भएको हो । भर्चुअल (जुम)को माध्यमबाट भएको रचना वाचन तथा समिति गठन कार्यक्रममा बकैयास्थित कालिदेवी मावि शिखरपुर, प्रसिद्ध मावि मन्थली, बुद्ध मावि हात्तीसुँडे, महेन्द्र मावि छतिवन, प्रभात मावि श्रीपुर लगायतका विभिन्न मावि तथा आवि अन्तर्गत बाल साहित्य समितिका दर्जनबढी बालबालिकाहरूले कविता, गीत, गजल, मुक्तक लगायत रचना समेत वाचन गरेका थिए । झरनाले पछिल्ला वर्षहरूमा ‘सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान’अन्तर्गत...



















